जाजरकोट भूकम्प  पीडितलाई 1000 थान Dignity Kit  हस्तान्तरण

जाजरकोट भूकम्प पीडितलाई 1000 थान Dignity Kit हस्तान्तरण

January 12, 2024
LOGO
जाजरकोटका गएको विनाशकारी भूकम्प बाट पीडित सुत्केरी, गर्भवती तथा सिमान्तकृत महिलाहरुलाई 1000 थान Dignity Kit एवम् पौष्टिक तथा पोषिलो आहार सहितको झोला नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलाई नेपालगन्जमा आज सामाग्री हस्तान्तरण गरिएको छ ।
हस्तान्तरण गरिएको सामाग्रीमा ज्याकेट तथा टाउजर, उलनको मोजा, उलनको टोपी, स्यानिटरी प्याड, बच्चाको ब्ल्यांकेट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, ब्रस, मञ्जन, नेल कटर, काइँयो, सरफ, सेम्पु, नुहाउने र लुगाधुने साबुन, पोषणयुक्त खानेकुरा रहेका छन् ।
‘डिग्निटी किट’ एवम् पौष्टिक तथा पोषिलो आहारसहितको झोलासहित १ हजार थान राहत सामाग्री, १८ प्रकारका सामाग्री भएको किट ५ सय थान र १५ प्रकारका सामाग्री भएको किट ५ सय थान रहेको छ ।
हस्तान्तरण गरिएको सामाग्री जाजरकोटमा लगेर वितरण गर्ने तरुण दलको योजना छ । उक्त सामाग्री सहयोग गर्नेमा ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौं, सुरक्षित मातृत्व सञ्जाल महासंघ, पपुलेसन कनेक्सन, नेपाल स्वास्थ्य फुड इन्डष्ट्रिज प्रा.लि. मोरङ र हिमालयन रि इन्स्योरेन्स प्रा.लि. रहेका छन् ।
Download Nulled WordPress Themes
Free Download WordPress Themes
Download WordPress Themes
Download Premium WordPress Themes Free
download udemy paid course for free
download redmi firmware
Download Nulled WordPress Themes
udemy paid course free download