गौरा बिसर्जनका लागि आज धनगढी आएकी छु। यसै सन्दर्भमा आज साँझ धनगढी उपमहानगरपालिका-३ स्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीसँग सो खेलमैदान निर्माणको अवस्थाका बारेमा छलफल भयाे । हालैको मेराे भारत भ्रमणका क्रममा पनि यस आयोजनाको सहयोग सम्बन्धमा छलफल भएकाे छ, आशा गर्दछु हामी सबैको सहयोग र सक्रियताबाट यो बहु उपयोगी खेलग्राम यथाशिघ्र निर्माण हुनेछ ।
