नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहज्यूको नेतृत्वमा आउनुभएका महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भेट गरेँ । मन्त्रालयमा भएको अन्तरक्रियामा उहाँहरुले आफ्ना व्यवसायिक समस्याहरुबारे अवगत गराउनुभयो ।
नेपाल सरकारसँग पाउनुपर्ने भुक्तानीका लागि पहल गरिदिन पनि उहाँहरुले आग्रह गर्नुभयो । यसका साथै दातृ निकायका अनुदान तथा ऋण आयोजनामा नेपाली निर्माण व्यवसायीको संलग्नता, सार्वजनिक खरिद नियमावलीमा देखिएका समस्याहरुका बारेमा पनि उहाँहरुले जानकारी गराउनुभयो ।
उहाँहरुका यी समस्याको समाधानका लागि के गर्न सकिन्छ प्रयास गर्ने प्रतिबद्धता मैले व्यक्त गरेँ ।
