‘जलवायु परिवर्तन : प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरु” बारे यस क्षेत्रका विज्ञहरुले वातावरण प्रभावको रोकथामका लागि प्रभावकारी कदम चाल्नु पर्ने विज्ञहरुको सुझाव दिनु भएको छ ।
जलवायु परिवर्तनमा नेपालको विधिहरु वातावरणमैत्रीनै भएपनि अझै धेरै काम गर्न बाँकी रहेको छ । हामी जलविद्युतमा उदाहरणीय छौ, ‘जलवायु परिवर्तनका बारेमा सार्वजनिक सचेतना फैलाउने काम हामीले तत्काल सुरु गर्नुपर्ने छ । यसका लागि राजनीतिक दल,सरोकारवाला निकाय, संचार माध्यम लगायत सबैले हातेमालो गरेर अघि बढ्नु पर्छ। हामीले खानपिन, यातयात र विकासको मोडल लगायतका क्षेत्रमा तत्काल सुधार गरेर वातावरणमैत्री बनाउन पहल गर्नुपर्छ ।