इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका विषयमा  परराष्ट्र, मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक

इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थितिका विषयमा परराष्ट्र, मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक

June 21, 2025
LOGO

इजरायल, इरान युद्धका कारण विकसित पछिल्लो परिस्थिति अनुसार त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारका विषयमा आज परराष्ट्र मन्त्रालयमा गृह, श्रम रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयस्तरीय बैठक सम्पन्न भयो । ती देशमा रहेका र स्वदेश फर्कन चाहने नेपालीहरुलाई परराष्ट्र मन्त्रालयले स्थापना गरेको पोर्टलमा दर्ता गर्न अपिल गरिएको, नेपालले त्यहाँको अवस्थालाई युद्ध सुरू भएदेखि नै गम्भीर रुपमा हेरिरहेको र यदि कोही नेपालीले स्वदेश फर्कन चाहेमा उनीहरुलाई के कसरी उद्धार गरी ल्याउने भन्ने विषयमा पनि छलफल भयो । यसका लागि सम्बद्ध अरु तीन मन्त्रालयका समेत अधिकारीहरु सम्मिलित एक युनिट परराष्ट्र मन्त्रालयमा खडा गरी चौबिसै घन्टा काम गर्ने निर्णय पनि भएको छ । श्रम मन्त्री माननीय शरदसिंह भण्डारी सहित श्रम, गृह र पर्यटन मन्त्रालयका सचिवज्यूहरुले पनि आवश्यक समन्वय र सहयोग बारे कुराकानी गर्नुभएको थियो ।

 

Free Download WordPress Themes
Download WordPress Themes
Download Nulled WordPress Themes
Download Premium WordPress Themes Free
udemy paid course free download
download redmi firmware
Download Nulled WordPress Themes
udemy course download free