चिनियाँ प्रधानमन्त्री श्री लि छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री ओलीसँगै उहाँको प्रतिनिधिमण्डलले बेइजिङमा चिनियाँ राष्ट्रपति श्री सि जिङ्पिङसँग सौहार्दपूर्ण रुपमा शिष्टाचार भेटवार्ता गरेको छ ।

