नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष श्रीबालकृष्ण दाहालको नेतृत्वमा आउनुभएका प्रजातन्त्र सेनानी संघका पदाधिकारीहरुसँग आज मन्त्रालयमा भेट भयो । त्यस क्रममा उहाँहरुबाट नेपालमा प्रजातन्त्रको स्थापनाका लागि प्रजातन्त्र सेनानीहरुले पुर्याउनुभएको योगदानको बारेमा जानकारी लिने अवसर प्राप्त भयो ।
उहाँहरुले नेपाल प्रजातन्त्र सेनानी आयोग गठन गर्न नेपाल सरकारसँग गर्नुभएको माग मलाई पनि जायज लाग्यो । उहाँहरुको योगदान र अनुभवबाट नेपाली काँग्रेसमात्र नभएर मुुलुकका सबै प्रजातान्त्रिक पार्टीहरुले धेरै कुरा सिक्न सक्नेछन् भन्ने मलाई लागेको छ ।